चितुवाको छालासहित तीन जना पक्राउ

नेपालगञ्ज – कोहलपुर प्रहरीले बैजनाथ गाउँपालिकाबाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज रविन्द्र खनालका अनुसार, बैजनाथ गाउँपालिका वडा नं. ५ बाट चितुवाको छालासहित बैजनाथ गाउँपालिकाका यमबहादुर विश्वकर्मा, बर्दिया मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको छ ।
चितुवाको छालासाथमा राखेर हिडिरहेका उनीहरुलाई शंका लागेर जाँच गरिएको प्रहरीले बताएको छ । उनीहरुलाई इप्रका कोहलपुर ल्याइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !