राजापुरमा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन

बर्दिया – बर्दिया जिल्लाको राजापुर नगरपालिकामा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति गठन गरिएको छ ।
सो अवसरमा राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीको अध्यक्ष्यतामा भएको अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा राजापुर नगरपालिकामा मानब बेचबिखनबिरुद्ध बिभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने, मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी नीतिगत रुपमा ब्यबस्था गरी क्रियाशील हुनेलगायतमा जोड दिइएको थियो ।
नगर प्रमुख चौधरीले मानब बेचबिखनबिरुद्ध रोकथाम, उद्धार, पुनस्र्थापनालगायतका कार्यक्रमहरु आवश्यकता रहेको र मानब बेचबिखन तथा बिभिन्नखालका हिंसाहरुको जोखिम रहेको क्षेत्र, समुदाय पहिचान गरी सोही अनुरुप क्रियाकलापहरु सञ्चालन गर्नका लागी पालिकाले नीतिगत रुपमा ब्यबस्था गरी अगाडी बढ्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले मानब बेचबिखन फरक रुपमा समुदाय स्तरमा भित्रि रुपमा रहेको र बैदेशिक रोजगारीको नाममा समेत यौन शोषण श्रम शोषणका घट्नाहरु भइरहेको हुँदा माइती नेपालले मानब बेचबिखनबिरुद्धका कार्य सञ्चालनका लागी नगरपालिकासँग समन्वय गरेकोमा आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा मानब बेचबिखनको बदलिदो स्वरुप, बर्दिया जिल्ला एवं राजापुर नगरपालिकाको अबस्था, नीतिगत ब्यबस्था समेतका बिषयमा उल्लेख गर्दै माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले कार्यक्रम सहजीकरण गर्नु भएको थियो ।
राजापुर नगरपालिकाको नगर प्रमुख चौधरीको संयोजकत्वमा १९ सदस्यीय मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानिय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा न्यायीक समितिका संयोजक उपप्रमुख मनकलाकुमारी चौधरी, सामाजिक बिकाश समिति, इलाका प्रहरी, स्वास्थ, शिक्षा, बाल क्लब, किशोरी क्लब, उद्योगी ब्यापारी, सामाजिक अगुवा समेत रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !