के कारणले भयो पासीको मृत्यु ?
नेपालगञ्ज – नेपालगञ्जका राजु भन्ने नक्कौ पासीको आज विहान नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।
महेन्द्र बहुमुखी क्याम्पसमा शनिबार पर्खाल नाघेर भित्र पसेका पासीलाई चोर्न आएको भन्दै सुरक्षागार्डले दुई÷तीन झाप्पड हानेर भगाइदिएका थिए । क्याम्पसबाट लखेटिएपछि पासी घरतर्फ गएका थिए । स्वास्थ्यमा समस्या भएपछि पासीलाई आइतबार भेरी अस्पतालमा ल्याइयो । भेरीले मेडिकल कलेजमा रिफर ग¥यो । मेडिकल कलेजमा पासीको विहान ३.३० बजे मृत्यु भएको छ ।
सुरक्षागार्डकै पिटाइबाट पासीको मृत्यु भएको हो वा अन्य कारणले भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ । सुरक्षागार्ड राजेन्द्र श्रेष्लाई सोधपुछका लागि ल्याइएको छ । उनी चार वर्षदेखि क्याम्पसमा सुरक्षागार्ड छन् ।
पासीको शरीरमा बाहिरी चोट केही छैन । पोष्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने प्रहरीको भनाई छ । पासी यसअघि लागु औषधी मुद्दामा परेको बुझिएको छ ।