बाँकेमा १० जनाको मृत्यु

 

नेपालगञ्ज – बाँकेमा पछिल्लो १५ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, मृतकहरु बाँके, बर्दिया र दाङ जिल्लाका रहेका छन् ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का ४० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख ३० गते पीसीआर गरिएका उनलाई २१ गते भर्ना गरिएको थियो । बर्दिया बाँसगढी नगरपालिका वडा नं. ३ का ६५ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ६ का ६० वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । दाङ घोराही उपमहानगरपालिका वडा नं. १८ का ५१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो ।
कोहलपुर नगरपालिका वडा नं. १० का ७१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ ४ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । खजुरा गाउँपालिका वडा नं. ४ का ३२ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २९ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
बैजनाथ गाउँपालिका वडा नं. ४ का ३८ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ५ गते पीसीआर गरिएका उनलाई ९ गते भर्ना गरिएको थियो । दाङ तुलसीपुर उपमहहानगरपालिका वडा नं. ८ का ५६ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो ।
कोहलपुरका ४७ वर्षीय पुरुषका भेरीमा मृत्यु भएको छ । बैशाख १९ गते पीसीआर गरिएका उनलाई ३१ गते भर्ना गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का ८५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट २ सय ७९ जनाको मृत्यु भएको छ । यहाँ उपचार गराउन आएका बाहिरी जिल्लाका २ सय ५१ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !