एमालेकाे ४ सय ६८ जना प्रतिनिधि

नेपालगन्ज – नेकपा एमाले, बांकेकाे जेठ ४ र ५ गते जिल्ला अधिवेशन हुँदैछ । अधिवेशनकाे पार्टी महासचिव शंकर पाेखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

अधिवेशनले नयां नेतृत्व चयन गर्दैछ । जिल्लाभरीबाट छनाैट भई अाएका ४ सय ६८ जनाले नयां नेतृत्व चयन गर्दैछन् । अधिवेशनकाे बन्द सत्रमा पार्टी अध्यक्ष केपी शर्मा अाेली अाउने कार्यक्रम रहेकाे छ ।

नयां नेतृत्वकाे लागि वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति, पूर्वअध्यक्ष निरक गुरुङ, उपाध्यक्ष डिल्ली विसी, घननाथ खनाल अाकांक्षी रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !