दश महिनामा ५६ प्रतिशत मुद्दा फछ्र्यौट


नेपालगन्ज – उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले दश महिनामा ५६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्ममा अदालतले ५६.८६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जानकारी दिइएको छ । आज सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै अदालतले गतवर्षको जिम्मेवारी सरेर आएका एक हजार एक सय ९ वटा र नयाँ दर्ता भएका एक हजार ३ सय ९० गरेर दुई हजार चार सय ९९ वटा मुद्दा रहेकोमा एक हजार चार सय २१ वटा फछ्र्यौट भएको जनाएको छ । एक हजार ७८ वटा मुद्दा फछ्र्यौटको क्रममा रहेको छ ।
अदालतका रजिष्ट्रार सरोजनिधि वाग्लेका अनुसार, लागु औषधका २ सय ५१, अंशसम्बन्धी १ सय ७५, करणीका १ सय ५४, चोरी एक सय ८, कर्तब्य ज्यानका ९५, ज्यान मार्ने उद्योगका ६७, सम्बन्ध विच्छेदका ४७, रिट÷निवेदन तीन सय ७८ र अन्य एक हजार २ सय २४ गरी दुई हजार ४ सय ९९ वटा मुद्दा थिए । चालु आर्थिक वर्षमा ५६ वटा मुद्दालाई मेलमिलापमा पठाइएकोमा नौ वटामात्रै मेलमिलाप भएको छ । सात वटा मेलमिलापको प्रक्रियामा रहेको छ । ४० वटा मेलमिलाप हुन नसकि फिर्ता भएको छ ।
मुख्य न्यायाधीशको जिम्मेवारी सम्हालेका चन्द्रबहादुर सारुले मुद्दाको प्रकृति हेरेर वर्गीकरण गरी ६ महिना, एकवर्ष र १८ महिनाभित्र मुद्दा फछ्र्यौट गर्ने समय तालिका मिलाएको, सफ्टवेयरको प्रयोग गरेर पेशी तारिख दिने गरेको, न्यायाधीश गोला प्रथाबाट छनौट गरेर काम गरिरहेको बताउनुभयो ।
अन्तरक्रियामा न्यायाधीशहरु गोविन्द जोशी, पुनमसिंह चन्द र किरणकुमारी गुप्ता, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारी, पूर्वअध्यक्षहरु निरज गौतम, झलक गैरेलगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !