जनावरको क्षति, निकुञ्जद्वारा राहत

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जमा जनावरको बृद्धिसँगै आसपासका खेतबारीमा लगाइएको अन्नबालीमा क्षति पु¥याउने घटना बढेका छन् ।
जंगली जनावरले क्षति पु¥याउने घटना बढेसँगै निकुञ्ज प्रशासनले पीडित घरपरिवारलाई ‘ठूलो धनराशी’ दिनु परिरहेको छ । निकुञ्जका वार्डेन श्यामकुमार शाहले २०७० सालदेखि अहिलेसम्म दुई हजार एक सय ७४ घरधुरीलाई एक करोड ९६ लाख ९४ हजार ८ सय ३ रुपैया राहत दिएको बताउनुभयो ।
निकुञ्जले २०७० मा ५२ घरधुरीलाई ९६ हजार एक सय ८१ रुपैया राहत दिएको थियो । २०७१ मा ३१ घरधुरीलाई ६६ हजार ९ सय ९०, २०७२ मा ३६ घरलाई एक लाख ५ हजार एक सय २४, २०७३ मा ३० घरलाई एक लाख १४ हजार ५ सय ४०, २०७४ मा ३ सय ५ घरलाई १४ लाख २८ हजार ७२, २०७५ मा ४ सय १८ घरलाई ५२ लाख ४६ हजार ५ सय १७, २०७६ मा ६ सय २७ घरलाई ७० लाख ३३ हजार ३ सय १, २०७७÷७८ मा आइपुग्दा ६ सय ७७ घरधुरीलाई ५६ लाख ४ हजार ७८ रुपैया राहत दिनु परेको छ ।
निकुञ्जमा रहेका जनावरले आसपासका विभिन्न गाउँमा क्षति पु¥याउने गरेका छन् । जनावरले गहुँ, आलु, धान, मकै, तरकारी बालीमा नोक्सानी पु¥याउने गर्दछ । घरपालुवा जनावरमात्रै होइन, घाँस दाउरा गर्न गएका मानिसलाई नै बाघले मारेको छ । कतिपय ठाउँमा चितुवाबाट घरपालुवा जनावरलाई बचाउन सुधारिएको खोर बनाइएका छन् ।
निकुञ्ज प्रशासनसँग राहत पाउन भने सजिलो छैन । राहतको प्रक्रिया झन्झटिलो रहेको छ । वन महासंघ, बाँकेका उपाध्यक्ष शालिकराम डाँगीले जनावरले पु¥याउने क्षतिपूर्तिको राहत पाउन सजिलो नरहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !