आफ्नै खर्चमा जीम सेन्टर

खजुरा – खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष सुमन मल्लले आफ्नै खर्चमा जीम सेन्टर सञ्चालन गरेका छन् ।
विकासप्रेमी जनप्रतिनिधिको छवि बनाएका वडाध्यक्ष मल्लले जय किसान स्पोर्टस क्लवको भवनमा जीम सेन्टर बनाएका हुन् । वडावासीलाई स्वस्थ राख्ने उद्देश्यले जीम सेन्टर सञ्चालनमा ल्याएको वडाध्यक्ष मल्लले बताउनुभयो ।
तत्कालीन मध्यपचिम खेलकुद विकास समितिबाट २ पटक गरि ५ लाख सहयोग हुँदा बाँकी सबै रकम वडाध्यक्ष मल्लले सहयोग गरेको सचिब चिरञ्जीवी पाण्डेले बताउनुभयो । मैटहवा माविसँगै रहेको जीम सेन्टरमा पुगेर खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, वडा नं. २ का अध्यक्ष देवीलाल खनाल, कार्यपालिका सदस्य फत्तेकुमारी जैसी, बिज्ञ सदस्य किरण ढकाल, सञ्चारकर्मी जे. पाण्डे लगायतले अवलोकन गर्नुभयो ।
वडाध्यक्ष मल्लले आफ्नो पारिश्रमिक सामाजिक काम र लक्षितवर्गमा खर्चिने गर्नु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !