प्रहरीले बाहिर ल्यायो, पाँच घटना

नेपालगञ्ज – बाँके प्रहरीले पाँच वटा घटना एकैपटक सार्वजनिक गरेको छ ।
प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक घटनामा धारिलो हतियार प्रहार गरी फरार रहेका चार जना पक्राउ, करणी मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ, रिक्सामा छुटेको रकम फेला, एटीएम बुथमा चोरी गर्दागर्दै दुई पक्राउ, हराएको पैसा फेला रहेका छन् ।
धारिलो हतियार प्रहार घटना नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० को हो । गएराती १२ बजेतिर मदनापुरस्थित जीतकुमार श्रेष्ठको विवाह घरमा नाचगान गर्ने क्रममा विवाद हुँदा रमेश बुढाथोकीलाई लाठी, चिरपटलगायतले कुटपिट गरिएको थियो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले दिनेश पुरी, धर्म वली, सुरज कुँवर र उमेश घर्तिमगरलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले २०६६ कात्तिक २७ गते नरैनापुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती गरेर फरार फरार रहेका हेमन्तकुमार शर्मालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले घोराहीका दत्तबहादुर नाथको भारतबाट आउदा नेपालगञ्जको पुष्पलालचोकबाट कारकादोचोकसम्म जाने क्रममा ७ लाख ४० हजार रुपैया रहेको झोला रिक्सामा छुटेकाले त्यसलाई फेला पारेको छ ।
प्रहरीले एटीएम बुथमा चोरी गर्दैगर्दा भारतका दुई जना युवकलाई पक्राउ गगरेको छ । भारत रुपैडिहाका मोविन अलि र सलवान अलि प्रहरी फन्दामा परेका हुन् ।
बाँके प्रहरीले बैजनाथका राधिका विकको झोलामा रहेको चार लाख रुपैया हराएको थियो । प्रहरीले फेला पारेर दिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !