राप्तीसोनारीको ६ नम्बरमा आफ्नै भवन

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले मुस्कानसहितको सेवा दिन गाउँपालिका लागि परेको बताउनु भएको छ ।
अध्यक्ष थारुले गाउँपालिकाको बैठकले सेवाग्राहीलाई मुस्कानसहित सेवा दिने निर्णय गरेको स्मरण गराउदै त्यो निर्णयमा आफूहरु कटिबद्ध रहेको बताउनुभयो । गाउँपालिकाको वडा नं. ६ को कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष थारुले गाउँपालिका वा वडा कार्यालय आइपुगेका सेवाग्राहीको काम हुन नसक्ने अवस्थामा आएमा यो कारणले तपाईको काम भएन भनेर चित्त बुझाएर पठाउनु पर्ने बताउनुभयो । ‘सेवाग्राहीलाई प्रक्रियाका बारेमा थाहा नहुन सक्छ । यस्तो बेलामा कर्मचारी वा जनप्रतिनिधिले सिकाइदिनु पर्छ । उसको काम नहुने अवस्था नै आएछ भने यो कारणले तपाईको काम भएन । यो कागजात लिएर आउनु होला भनेर सम्झाएर पठाउनु पर्छ, अध्यक्ष थारुले भन्नुभयो ।
उपाध्यक्ष धनीकुमारी खत्रीले सुविधायुक्त भवन बनेकाले वडा नं. ६ का जनतालाई सेवा दिन अझ सहज भएको बताउनुभयो ।


प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विक, वडाध्यक्षहरु खुमबहादुर बस्नेत, रामलखन थारुले राप्तीसोनारी गाउँपालिकामा वडा कार्यालय नै भाडामा बस्ने दिन समाप्त हुन थालेको बताउनुभयो । नौ वटा वडा रहेको राप्तीसोनारीमा तीन वटा वडामात्रै भवन थिएनन् । त्यसमध्येमा ६ नम्बरमा भवन बनिसकेको छ । ८ नम्बर र ३ नम्बरमा बन्दैछन् ।
वडा नं. ६ का अध्यक्ष जनकबहादुर थारुले सबैलाई पायक गर्ने ठाउँमा भवन बनेको बताउदै छिटो छरितो सेवा प्रदान गर्न सहज हुने बताउनुभयो । ६४ लाख रुपैयामा भवन बनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !