२६ जनाले जिते कोरोना

नेपालगञ्ज – बाँकेबाट आज २६ जना कोरोना जितेर घर फर्किदै छन् । विभिन्न आइसोलेसनमा बसेका २६ जनालाई डिस्चार्ज गरिएको छ ।
साउन २७ गते एकैपटक कोरोना देखिएका २६ जना आज एकैलटमा घर फर्किदै छन् । कोरोना देखिएपछि अधिकांश नेपालगञ्जको सिटी प्यालेस होटलमा बसेका थिए । आफै पैसा तिरेर होटलमा बस्ने व्यवस्था मिलाइएको छ । आज डिस्चार्ज भएका २६ जनामा २१ जना होटलमा बसेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले डिस्चार्ज भएका २६ जना घर जाने तयारीमा रहेको बताउनुभयो । आजका २६ जनासहित अहिलेसम्म जिल्लाबाट ६ सय ५४ जनाले कोरोनालाई जितेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !