च्याउ खादा चार सिकिस्त
नेपालगञ्ज – विषालु च्याउ खादा सिकिस्त भएका डोल्पाका चार जनालाई उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।
डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं. ८ का कमल शाही, सत्य शाही र उत्तम शाही तथा वडा नं. ७ का सूर्यबहादुर शाहीलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको हो । सिम्रिक एयरको जहाजबाट तीन जनालाई दिउँसो सवा तीन बजे र एकजनालाई पौने चार बजे नेपालगञ्ज ल्याइएको छ । उनीहरुको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ । अहिले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।