कांग्रेस, बाँकेको चैत्र ३० गते तेस्रो जिल्ला सम्मेलन

नेपालगन्ज – नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलन यही चैत ३० गते नेपालगन्जमा हुँदैछ । नेपालगन्जकाे भवनियापुरस्थित सिटी हलमा हुने जिल्ला सम्मेलनको पार्टी महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा विशिष्ट अतिथि सहमहामन्त्री किशोरसिंह राठौर, अतिथिहरु केन्द्रीय सदस्य दिपक गिरी, गोपाल दहित, डा. गोविन्द पोखरेल, मैकुलाल बाल्मिकी, संजय गौतम, लुम्बिनी प्रदेश सभापपत अमरसिंह पुन, लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरी, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, राष्ट्रिय सभा सदस्य युवराज शर्मालगायतका नेतागणहरु सहभागी हुने बताइएको छ ।

सम्मेलनमा बार्षिक नीति तथा कार्यक्रम र सांगठानिक तथा आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत हुनेछ । नीति तथा कार्यक्रम पार्टी सभापति नारायणप्रसाद गौडेलले, सांगठानिक प्रतिवेदन सचिव सुधांशु कोइरालाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष यज्ञ बस्नेतले प्रस्तुत गर्नु हुनेछ ।

यसअघि गत चैत १५ गते बसेको नेपाली कांग्रेस, बाँकेको कार्यसमिति बैठकले जिल्ला सम्मेलनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम तथा सांगठानिक र आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको थियो । सभापति गौडेलका अनुसार, जिल्ला सम्मेलनमा प्रस्तुत हुने उक्त प्रतिवेदनहरु संशोधनसहित पास भएपछि त्यसले आधिकारिक मान्यता पाउने छ ।

जिल्ला सम्मेलनमा प्रस्तुत हुने नेपाली कांग्रेस, बाँकेको नीति तथा कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, सामाजिक तथा विकास निर्माण, सम्मान, सूचना, सम्पर्क, समन्वय र प्रचारप्रसार, आर्थिक व्यवस्थापन, निर्माणाधिन सुशील कोइराला स्मृति भवनलगायतका गहन तथा महत्वपूर्ण विषयहरु समेटिएका छन् ।

त्यस्तै, जिल्ला सम्मेलनमा सचिव सुधांशु कोइरालाद्धारा प्रस्तुत गरिने सांगठानिक प्रतिवेदनमा सदस्यता वितरण, नविकरण, भातृ संस्थाहरुको उचित व्यवस्थापन तथा परिचालनलगायतका एजेण्डा समेटिएका छन् । यसैगरी, जिल्ला सम्मेलनमा कोषाध्यक्ष यज्ञ बस्नेतले २०८१ साउन १ गतेदेखि २०८१ चैत १२ गतेसम्मको आयव्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गनुृहुने जनाइएको छ ।

अर्कोतर्फ, जिल्ला सम्मेलनलाई व्यवस्थितरुपमा सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा विभिन्न उपसमितिहरुसमेत निर्माण गरिएका छन् । तीन उपसमितिहरुले आफुले पाएको जिम्मेवारी अनुसार धमाधम काम गरिरहेको सभापति गौडेले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !