विप्लवका दुई कार्यकर्ता पक्राउ

नेपालगञ्ज – प्रतिबन्धित विप्लव माओवादीका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
भेरी–कर्णाली न्याय विभागका पूर्व प्रमुख चित्रबहादुर विक र सामान्य कार्यकर्ता सुरेश राउतलाई प्रहरीले मंगलबार राँझाबाट पक्राउ गरेको हो । चन्दा उठाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बाँके प्रहरीका प्रवक्ता डीएसपी सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको छ ।
बाँकेमा केही दिनयता विप्लव माओवादीले गतिविधि बढाएका थिए । कोहलपुरको किरणनाला छेउको ६ विगाह जग्गा कब्जाको घोषणा गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !