खजुराका तीन जनामा कोरोना
नेपालगञ्ज – बाँकेको खजुरामा फेरि तीन जनामा कोरोना देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, खजुरा गाउँपालिका वडा नं. २ का तीन जना पुरुषमा कोरोना देखिएको हो । खजुराका ३४, ३१ र ३८ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । कोरोना देखिएका व्यक्तिहरु क्वारेन्टाइनमा बसिरहेका थिए ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा दाङका तीन जनामा पनि कोरोना देखिएको छ । दाङको राप्तीमा कोरोना देखिएको हो ।