कोरोना संक्रमित ३२३५, निको ३६५, मृत्यु १३ जना

नेपालगञ्ज – नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार दुई सय ३५ जना पुगेको छ । त्यसमा तीन हजार तीन जना पुरुष र दुई सय ३२ जना महिला छन् ।
शनिबार एकै दिन ३ सय २३ जना संक्रमित बढेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहिलेसम्म ३ सय ६५ जना निको भएर घर गएका छन् ।
कोरोना भाइरसको आशंकामा ९२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएको छ । १ लाख ३७ हजार ४ सय ३५ आरडीटी परीक्षण भएको छ ।
देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । देशभर २ हजार ८ सय ५७ जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।
कोरोनाले थप दुई जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १३ पुगेको छ । डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिलाको पछिल्लो पटक मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !