पत्रकार, नर्स र प्रहरीले कोरोना जिते

नेपालगञ्ज – बाँकेमा चार जनाले कोरोनालाई जितेका छन् ।
खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइलोसेलन अस्पतालमा बसेका चार जनाले कोरोनालाई जितेका हुन् । कोरोना जित्नेमा दुई जना नेपालगञ्ज र दुई जना नरैनापुरका छन् । नेपालगञ्जका पत्रकार, नर्स र नरैनापुरका प्रहरी हुन् ।
कोरोना जितेर घर फर्किएका सबैलाई खजुराबाट बिदाई गरिएको थियो । बाँकेमा अहिलेसम्म ४६ जनाले कोरोनालाई जितेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !