बाँकेमा १२ जना संक्रमित थपिदा खजुराका आठ परे

नेपालगञ्ज – बाँकेमा १२ जना कोरोना संक्रमित थपिएका छन् । १२ जनामध्येमा आठ जना खजुरा, तीन जना बैजनाथ र एकजना नेपालगञ्जका छन् ।
खजुरा गाउँपालिकाको वडा नं. ४ का सात जना र एकजना वडा नं. ५ का छन् । बैजनाथ गाउँपालिकाको वडा नं. ६ का दुई जना र वडा नं. २ का एकजना रहेका छन् । नेपालगञ्जको वडा नं. १ की ४१ वर्षकी महिलामा कोरोना पुष्टि भएको छ । बाँकेमा कोरोना संक्रमित २ सय ६७ जना संक्रमित पुगेका छन् । त्यसमा ४२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।
भेरीमा शनिबार पुष्टि भएका २८ जना बर्दियाका छन् । बर्दियाको ११ जना गुलरिया, ५ जना बाँसगढी, तीन जना बढैया, चार जना मधुवन र ५ जना राजापुरका छन् । भेरी अस्पताल, नेपालगञ्जले एक बजे संक्रमितको लिष्ट सार्वजनिक गरेको हो ।


error: यो सुविधा उपलब्ध छैन !