पेन्सन झिकेर आएपछि ज्वरो आएको थियो
नेपालगञ्ज – कोरोना पुष्टि भएकी धम्बोझीकी महिला लकडाउन अवधिमा केही पटकमात्रै घरबाहिर निस्केको पाइएको छ ।
लकडाउनको पालना गरेर घरमा बसेकी महिलालाई कसरी कोरोना लाग्यो ? यतिबेला सोधीखोजी भइरहेको छ । ती महिलाका अनुसार, बाणिज्य बैंकमा पेन्सन लिन, शरीरलाई अप्ठेरो महसुस भएपछि आयुर्वेदिक पसलमा औषधी लिन र दूध लिन डेरीमा जादामात्रै घरबाहिर निस्किएकी थिइन् । ज्वरो र श्वासप्रश्वासमा अप्ठेरो महसुस भएपछि महिला आफै भेरी अस्पताल, नेपालगञ्ज पुगेकी थिइन् । अस्पतालले स्वाव लिनुका साथै सामान्य उपचार गरेर घरमा पठाइदिएको थियो । उनको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसन अस्पताल, खजुरा लगिएको छ ।
महिलाका आमा र छोरामात्रै घरमा छन् । अहिलेसम्म भारतबाट आएका र उसको सम्पर्कमा पुगेका व्यक्तिमा कोरोना देखिएको थियो । महिलाका अनुसार, बाणिज्य बैंकमा पेन्सन झिक्न गएर आएपछि ज्वरो आएको थियो । यी महिलाको अहिले स्वास्थ्यकर्मीले ‘ट्रेसिङ’ गर्दैछन् ।