ज्वरो आएर अस्पताल जादा कोरोना

नेपालगञ्ज – ज्वरो आएर अस्पतालमा उपचार गर्न पुगेकी एक महिलालाई कोरोना देखिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, धम्बोझीका ती महिला ज्वरो आएपछि भेरी अस्पतालमा उपचार गर्न पुगेकी थिइन् । स्वाव लिएर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ ।
महिलालाई अहिले आइसोलेसन अस्पतालमा लैजाने तयारी भएको छ । भेरीमा ज्वरो आएर उपचार गर्न पुगेका अरु केही व्यक्तिमा पनि कोरोना पुष्टि भएको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !