श्रीपेज चुनाव चिन्ह लिएर मैदानमा आउन पूर्वराजालाई विश्वप्रकाशकाे चुनाैती


नेपालगन्ज – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउने भए श्रीपेज चुनाव चिन्ह लिएर मैदानमा अाउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाैती दिएका छन् ।
नेपाली कांग्रेस, बाँकेकाे तेस्राे जिल्ला सम्मेलनकाे उद्घाटन गर्दै महामन्त्री शर्माले पूर्वराजा अाफू चुनाव नलडेर चुनाव चिन्ह श्रीपेजमा अरुलाई उठाएर दुई तिहाई सांसद जितेर राजसंस्था फर्काउन चुनाैती दिए । उनले तिनकुने वा देशका अरु शहरमा अान्दोलन गर्दैमा राजसंस्था नफर्किने बताए ।
शर्माले राजसंस्थाकाे रेल छुटिसकेकाले अब नफर्किने बताए ।
सत्ता साझेदार पार्टीका महामन्त्री शर्माले प्रधानमन्त्रीलाई सडकमा नभई सरकारमा प्रदर्शन गर्न सुझाव दिए । देशभरका शिक्षकले सडकमा प्रदर्शन गरिरहेकाे बेलामा प्रधानमन्त्रीले बाेलाएर समस्या टुंग्याउनु पर्नेमा प्रधानमन्त्री अाफै सडक अान्दाेलनमा भाषण गर्दै हिड्नु राम्राे नभएकाे शर्माकाे टिप्पणी थियाे ।
शर्माले प्रधानमन्त्रीलाई ५ वर्ष काम गर्न दिने व्यवस्था गर्नुपर्ने बताए ।
सहमहामन्त्री किशाेरसिंह राठाैरले नेताहरु ईमान्दार र अनुशासित भएमा जनमत बढ्ने बताए ।
जिल्ला सभापति नारायण गाैडेलकाे सभापतित्वमा भएकाे कार्यक्रममा केन्द्रीय सदस्यहरु दिपक गिरी, सञ्जय गाैतम, मैकुलाल वाल्मीकि, प्रदेश सभापति अमरसिंह पुनलगायत नेताले पार्टीलाई एकढिक्का गरेर लैजानु पर्नेमा जाेड दिए ।
सम्मेलनमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !