छुट्ने भए त कैदी ?

नेपालगञ्ज – कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सरकारले एक वर्ष भन्दा कम सजाय पाएका कैदीहरुलाई कैदको साटो पैसा तिराएर रिहा गर्ने तयारी गरेको छ ।
कारागारहरुमा कैदीको चाप घटाउन सरकारले एक वर्ष भन्दा कम कैदको सजाय पाएकाहरुलाई कैदको साटो पैसा तिराएर रिहा गर्ने तयारी गरेको हो । सरकारले प्रति दिन तीन सयको दरले पैसा तिराउने तयारी गरेको छ ।
महान्यायाधीवक्ताको कार्यालय र संसदको कानुन तथा मानव अधिकार समितिले जेलमा रहेका कैदीहरुलाई अपराधको अवस्था हेरी छुटाउन निर्देशन दिएको थियो । नेपालका कारागारमा तीन गुणाबढी कैदी बन्दी रहेका छन् । नेपालगञ्ज कारागारमा पनि अत्याधिक चाप रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !