मास्क खोसाखोस
नेपालगञ्ज – मुस्लिम समुदायले नेपालगञ्जको धम्बोझीचोकमा मास्क वितरण गरेको छ ।
कोरोना भाइरसको त्रासका बीचमा मुस्लिम समुदायले धम्बोझीचोकमा बसेर यात्रुलाई मास्क वितरण गरेको थियो । मास्क वितरण शुरु गर्ने बित्तिकै खोसाखोस भएको थियो । बजारमा अभाव देखिएको मास्क निशुल्क पाइने भएपछि यात्रुहरु तछाडमछाड गरेका थिए । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली, हरि न्यौपाने, अब्दुल जलिल मन्सुरी, सकिल कादरी, जुबेर राई, बाबु नेतालगायतले मास्क वितरण गर्नु भएको थियो ।
मुस्लिम समुदायले अरु ठाउँमा पनि मास्क वितरण गर्ने जनाएका छन् । धम्बोझीचोकमा दुई हजार मास्क वितरण गरिएको थियो । पैसा तिरेर किन्छु भन्दा पनि मास्क नपाएका मानिसहरु निशुल्क मास्क वितरण भएको देखेपछि रोकिएर तछाडमछाडमा उत्रिएका थिए । हात धुने, भीडभाडमा जादा मास्क लगाउनु पर्ने विज्ञहरुले बताइरहदा मास्क खोज्नेको संख्या बढ्दो छ ।