एनआईसी एशियाको न्यू चमत्कारिक योजना
नेपालगञ्ज – ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको एनआईसी एशिया बैंकले न्यू सुपर चामत्कारिक निक्षेप योजना ल्याएको छ ।
इश्वी संवत् २०२० को उपलक्ष्यमा बैंकले सार्वजनिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाइदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदार तथा प्रशासनिक शुल्कमा विशेष छुट, निशुल्क होम बैंकिङ सुविधा, निशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्नेलगायतका ३० चमत्कारिक फाइदाहरुसहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजना सञ्चालनमा ल्याएको हो ।
नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै बैंकका उप प्रादेशिक कार्यालयका प्रमुख माधव बेल्बासे, नेपालगञ्ज शाखाका प्रमुख अशोककुमार तिमिल्सेना र त्रिभुवनचोक शाखाका प्रमुख विनोदप्रसाद जैसीले योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्ने जानकारी दिनुभयो । खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा दश लाखसम्मको बीमा सुविधा, १८ घाटक रोगको लागि दश लाखसम्मको बीमा सुविधा र एक लाखसम्मको औषधी उपचार बीमा सुविधा रहेको छ ।
ग्राहकले आफू अनुकूल हुने र इच्छाइएको रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड सिरिजका बचत योजनाहरु न्यू चमत्कारिक खातामा प्राप्त गर्न सक्नेछन् । यी तिनै प्रकारका खातामा वार्षिक ६.५ प्रतिशत ब्याजदर प्राप्त हुने उप प्रादेशिक कार्यालयका प्रमुख बेल्बासेले जानकारी दिनुभयो ।
बैंकको देशभरमा ३ सय १३ शाखा कार्यालय, ४ सय ८ एटीएम, १ सय तीन वटा एक्स्टेन्सन काउन्टर एवं ४५ वटा शाखारहित बैंकिङमार्फत सेवा दिदै आएको छ । बैंकको उप प्रादेशिक कार्यालयले बाँके र बर्दियालाई हेर्दछ । यी दुई जिल्लामा १० वटा शाखा रहेका छन् । तीन अर्ब ६० करोड डिपोजिट रहेको बैंकले साढे चार अर्ब लोन प्रवाह गरेको छ । ७० जना बढी कर्मचारी रहेका छन् । जिल्लाको डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा पालिकालाई लक्षित गरेर शाखा सञ्चालन गरेको छ ।