बिलबिजक जारी नगरी काराेबार गर्नेलाई २० हजार जरिवाना
नेपालगन्ज – बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले बिलबिजक जारी नगरी काराेबार गरेकाे आराेपमा मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई जरिवाना गरेकाे छ ।
त्रिभुवनचाेकमा रहेकाे हाेटल, रेष्टुरेन्ट तथा घरेलु सामानकाे बिक्रेता मारुती नन्दनलाई उपभोक्ता संरक्षण एेन, २०७५ काे दफा ३८ काे खण्ड घ बमाेजिम कसुर गरेकाले साेही एेनकाे दफा ३९ काे उपदफा १ काे खण्ड क बमाेजिम २० हजार जरिवाना गरिएकाे बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय का प्रमुख हरिबहादुर खत्रीले जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसमेत रहेकाे टाेलीले विभिन्न पसल तथा बेकरी उद्योगकाे अनुगमन गरेकाे थियाे । त्यसक्रममा १० हजार ५ सय बढीकाे अखाद्य तथा म्याद नाघेका सामान नष्ट गरिएकाे थियाे ।
बाणिज्यले चार दिन अघि गुरदास फुटवयरलाई २ लाख जरिवाना गरेकाे थियाे ।