बाँकेमा पानी परेन, २५ प्रतिशत जमिन बाँझै


नेपालगन्ज – साउनकाे पहिलाे हप्ता कटिसक्दा पनि पानी नपर्दा बाँकेका किसान चिन्तित भएका छन् ।
मानाे खाएर मुरी फलाउने याे बेला पानी नपर्दा यहाँका किसान अाकाश हेर्दै बसेका छन् । ´अाकाशमा बादल हेर्दै बसेका छाै, पानी पर्न सकेकाे छैन, डुडुवाका किसान राजकुमार शुक्ला भन्छन्, पानी नपर्दा राेपाई गर्न पाएका छैनाै ।` उनले खडेरीकाे चिन्ता बढेकाे बताए ।
याे वर्ष अहिलेसम्म ठूलाे पानी परेकाे छैन । सिक्टा सिंचाई अायाेजनाले केही क्षेत्रमा छाेडेकाे पानी, बाेरिङ, पम्पसेट, माेटर चलाएर अहिलेसम्म बाँकेमा ७५ प्रतिशत राेपाई भएकाे छ । पानीकाे कुनै सुविधा नभएकाे ठाउँकाे खेतमा धुलाे उडिरहेकाे छ । जेनतेन राेपेका धेरै ठाउँमा धान सुकिसकेकाे छ । खेतमा धाँजा फाटेकाे छ ।
कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनाेद घिमिरेले सिंचाईकाे सुविधा भएकाे राप्तीसाेनारी, बैजनाथ गाउँपालिकामा धेरै राेपाई भएकाे र नरैनापुर, डुडुवा, जानकी गाउँपालिकामा कम राेपाई भएकाे जानकारी दिए ।
त्यसाे त बाँकेमा वर्षेनीजसाे धान उत्पादनकाे क्षेत्र घट्दै गएकाे छ । ३६ हजार ५ सय हेक्टरमा धान उत्पादन हुँदै अाएकाेमा गतवर्ष ३४ हजार ७ सय ११ हेक्टरमा धान खेती भएकाे थियाे । समयमा पानी नपर्दा धान खेती घट्दै गएकाे छ । अार्थिक वर्ष २०८०-८१ मा बाँकेमा एक हेक्टरमा ४.२ मेट्रिक टन धान फलेकाे थियाे । अाव ०७९-८० मा प्रतिहेक्टर ३.६५ मेट्रिक टन धान फलेकाे थियाे । कार्यालय प्रमुख घिमिरेले गतवर्ष १ लाख ४५ हजार मेट्रिक टन धान उत्पादन भएकाे बताए ।
पानी नपर्दा तापक्रम बढिरहेकाे छ । बाँकेमा ४२ डिग्री तापक्रम पुगिसकेकाे छ । पछिल्ला दिनमा ४० डिग्री अासपासमा तापक्रम रहेकाे छ । चर्काे गर्मीले यहाँकाे जनजीवन प्रभावित भएकाे छ ।
बाँकेमा भदाै पहिलाे हप्तासम्म राेपाई हुने गर्दछ । अहिलेसम्म पानी नपरेपनि खडेरी भन्न नमिल्ने कृषिसम्बद्व बताउँछन् । यहाँ भदाैसम्म राेपाई हुन्छ । अझै समय छ । अहिले नै खडेरी भन्न मिल्दैन, घिमिरे भने ।
केही वर्षयता समयमा पानी नपर्ने, किसानले जेनतेन राेपाई गरिसकेपछि ठूलाे पानी परेर नाेक्सान गर्ने गरेकाे छ । अघिल्लाे वर्ष धान पाक्ने बेलामा ठूलाे पानी परेकाे थियाे । जसले किसानलाई ठूलाे नाेक्सानी पुर्यायाे ।
गाैरवकाे अायाेजना सिक्टा सिंचाई पूर्ण नहुँदासम्म यहाँकाे किसानकाे दुःख फेरिने अवस्था देखिदैन । अाव २०६१-६२ देखि सुरु भएकाे सिक्टाकाे काम अझै सकिएकाे छैन । यसमा समय घर्किरहेकाे छ भने अार्थिक भार थपिदै गएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !