इरानमा फहराइएको रातो झण्डा
नयाँ वर्ष सन् २०२० को शुरुवात जनवरी २ र ३ मा अमेरीकाले गरेको एयर स्ट्रइकमा परी इरानका निकै लोकप्रिय मेजर जनरल कासिम सुलेमानीसँगै केही सैनिकको हत्या भएपछिको घट्नाले अहिले विश्व राजनीति तरंगित भएको छ । इरानले त अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य समेत तोकेका समाचारहरु आइरहेका छन् । उता अमेरीकाले मारिएका सुलेमानीलाई यसअघि नै आतंककारी घोषणा गरेको थियो ।
सुलेमानी इराकका कार्यकारी प्रधानमन्त्री अदिल अब्दुल मेहदीको निमन्त्रणामा इराक पुगेका बखत अमेरीकी सैन्य कारबाहीमा केही दिन अघि मारिएका हुन् । सुलेमानी मारिएको घट्नालाई इराकले राजनीतिक हत्या बताउँदै आप्mनो देशमा रहेका अमेरीकी सेनालाई देश छाड्न आदेश समेत दिइसकेको छ ।
इरानको विशिष्ट सैन्य वल कुर्दस फोर्सका प्रमुख रहेका सुलेमानी इरानी नेता अयातुल्लाह खुमैनी पछिका सबैभन्दा लोकप्रिय ब्यक्तिमा पर्दछन् । स्वयं खुमैनीले नमाज–ए–जनाजा पढेर सुलेमानीको अन्तिम विदाई गरे । अन्तिम विदाइमा लाखौं नागरिक सहभागी भए ।
मारिएका सुलेमानीको विदाई सँगै तेहरानमा अवस्थित मस्जिद–ए–कुममा रातो झण्डा फहराइएको थियो । उक्त मस्जिदमा रातो झण्डा फहराइनुलाई औपचारिक रुपमा युद्धको घोषण भएको मानिन्छ ।
गत जुन महिनाको २१ तारिकमा अमेरीकी शक्तिशाली जासुसी ड्रोन ट्राइनलाई इरानले खसालेको थियो । त्यस यता इरान र अमेरीकाबीचको सम्बन्धमा थप चिसोपन आउन थालेको हो ।
यतिबेला मलाई इरानी राजा सुल्तान रेजा शाह पहलवीले आयोजना गरेको रात्रीभोजलाई इरानका लोकप्रिय नेता अयातुल्लाह रुहोलिया खुमैनीले भूतको पार्टी भनेर भनेको घट्नालाई सम्झन मन लाग्यो । रोचक त के छ भने त्यो शाही पार्टीमा युगोस्लाभियाका तत्कालिन राष्ट्रपति जोसेफ ब्रोज टीटोमोनाका प्रिसं रेनिअर र राजकुमारी ग्रेस, अमेरीकी उप राष्ट्रपति सिप्रो आग्नेयु र सोभियत संघका नेता निकोलोई पोगानी रमाइरहेका थिए ।
सन् १९७०–७१ मा नै अमेरीका र इरानबीच सम्बन्धमा दरार आइसकेको थियो । सन् १९७९ ताका भएको इस्लामिक क्रान्ति भन्दा पहिले खुमैनीले टर्की, इराक, फ्रान्स लगायतका देशहरुमा खुमैनीले निर्वासित जीवन बिताएका थिए । खुमैनीको दलिल हो कि तिनै राजा पहलवीले गर्दा अमेरीकी परनिर्भरता बढेको हो । अझै अर्को ऐतिहांसिक घट्ना त केहो भने सन् १९५३ मा मोहोम्मद मोसादेगको लोकतान्त्रिक सरकारलाई अमेरीका र ब्रिटेनले अपदस्त गरी राजा पहलवीलाई सत्ता सुम्पेको थियो । देशमा मोसादेगलाई नै तेल उद्योगको राष्ट्रियकरण गरेको श्रेय दिन्छन् इरानी जनता ।
सन् १९८० को दशकमा जब इराक र इरानबीच युद्ध भयो त्यतिबेला सद्दाम हुस्सैनलाई अमेरीकाले पनि साथ दिएको थियो । करिव १० वर्ष चलेको त्यो युद्धमा इरान र इराकका झण्डै ५ लाख सैनिक मारिएका थिए । त्यो लडाइमा सोभियत युनियन संघ पनि इराकको साथमा थियो । यता जब इरानमा खुमैनी सत्तामा फर्किए उनी वामपन्थि आन्दोलनसँग दूरी बढाउँदै जान थाले । सन् २००२ आसपासमा त इरानले पनि परमाणु कार्यक्रम शुरु गरिसकेको अन्तराष्ट्रिय समुदायको बुझाई छ ।
अमेरीका र इरानबीचको सम्बन्ध सँधैजसो तनावपूर्ण रहँदै आएको छ । तर पछिल्ला सन् २०१५ मा अमेरीकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा तनावपूर्ण सम्बन्धलाई कम गर्न ज्वाइन्ट कम्प्रीहेन्सिब प्लान अफ एक्सन सुचारु गरेको थियो । डोनाल्ड ट्रम्प प्रशासनले त्यो प्रतिबद्धतालाई एकतर्फी ढगंले तोडेपछि सम्बन्धमा थप चिसोपन आउन थालेको हो ।
यसअघि अन्तराष्ट्रिय उर्जा एजेन्सी (आईएइए)ले इरानले परमाणु हतियार बनाएर मिसाइल परीक्षण गर्न खोजिरहेको रिर्पोट तयार पारेपछि अन्तराष्ट्रिय स्तरको दबाव र नाकावन्दीको सामना गर्दै आइरहेको इरानले पी ५ प्लस १ (अमेरीका, फ्रान्स, जर्मनी, ब्रिटेन, रुस र चीन) को लगातारको दवाव पछि २०१५ मा भियानामा परमाणु सम्झौता भएको थियो । सम्झौतमा युरेनियम भण्डारणको हद ३ सय केजी मात्रै र बाँकी तयारी युरेनियम रुसलाई हस्तान्तरण गर्ने तय भएको थियो । रुसले १ सय ४० टन प्राकृतिक युरेनियम एल्लो केक इरानलाई दिने सहमति बनेको थियो ।
चीन र भारत इरानबाट तेल खरिद गर्ने दुई मुख्य ठूला देश हुन् । इरानले १० प्रतिशत तेल भारत निर्यात गर्ने गरेको छ । तर बदलिंदो परिवेशका कारण दक्षिण कोरिया र जापानले इरानबाट तेल खरिद गर्न बन्द गरीसकेका छन् । अहिले इरानको सेन्टल बैंकसँग अन्तराष्ट्रिय स्तरका आर्थिक गतिविधिमा पनि रोक छ ।
एक इरानमा पटक १९७९मा अमेरीकी दूतावासका ५२ जना कर्मचरीलाई करिव एक वर्ष सम्म बन्धक बनाइएको थियो । उक्त घट्नामा खुमैनीको समर्थन रहेको अमेरीकाको बुझाई रहँदै आएको छ । अमेरीकी सेनाले गरेको इगल क्ल आर्मी अपरेशन इरानमाथि असफल भएको थियो । अँगे्रजी फिल्म आर्गो त्यही अपरेशनमा आधारित हलिउड चलचित्र हो । उक्त चलचित्रलाई अफलिकले निर्देशन गरेका छन् भने जर्ज कोलोनि र ग्रयान्ट हेश्लभले लगानी गरेका थिए । लइरान कै विषयलाई लिएर अमेरीकाका तत्कालिन राष्ट्रपति जिम्मी कार्टर दोश्रो कार्यकाल राष्ट्रपति हुन नसकेको समेत कतिपयको बुझाई
छ ।
इरानमा शिया मुसलमानको संख्या उललेख्य छ । आईआईएफएसएसका अनुसार इरानमा ५ लाख २३ हजार सेना छन् । त्यही सेना मध्ये इस्लामिक रिभोल्युशनरी गार्डस इस्लामिक ब्यवस्थालाई मजवुत बनाउन ४० वर्ष अघि स्थापना भएको थियो ।