भेरी सहकारीका विभिन्न योजना

नेपालगञ्ज – भेरी सहकारी वित्तीय संस्था लिमिटेडले उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भएको छ ।
अध्यक्ष बसन्त लामिछानेका अनुसार, शेयर सदस्यलाई लक्षित गरी डिमार्टमेन्टल स्टोर, कृषि पकेट क्षेत्र र डेरी उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ ।
३७ सय बढी सदस्य रहेको बाँकेकै ठूलो सहकारीले शनिवार २४ औ साधारण सभाबाट आगामी कार्ययोजनाका बारेमा अनुमति लिएको छ । नेपालगञ्जमा डिमार्टमेन्टल स्टोर, कोहलपुरमा डेरी उद्योग, ग्रामीण क्षेत्रमा कृषि पकेट क्षेत्र घोषणा गरी काम अगाडी बढाउने तयारी अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । त्यसका लागि पन्ध्र करोड लाग्ने अनुमान गरिएको छ ।
साधारणा सभामा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले सहकारीलाई उत्पादनमुलक कार्यमा लगानी बढाउन आग्रह गर्नुभयो । उहाँले निक्षेप संकलनमा मात्र सीमित नभई आफ्ना सदस्यको आय–आर्जन बृद्धिमा जोड दिन सुझाव दिनुभयो ।
सहकारीले यसवर्ष शेयर लाभान्स बढाएर वितरण गरेको छ । गतवर्ष शेयर रु. १ सय २४ (१२.४० प्रतिशत) शेयर लाभांन्स वितरण गरेकोमा यसवर्ष रु. १ सय ८० (१८ प्रतिशत) वितरण गरेको हो । साधारण सभामा बिभिन्न सदस्यहरुलाई सम्मानित गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !