घरदैलोमा जुटे उम्मेदवार

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका उम्मेदवारहरु घरदैलो र भेटघाटमा जुटेका छन् ।
आगामी चुनावमा समावेशी र साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहमा बाँडिएका दुवै प्यानल उम्मेदवारी घोषणासँगै भेटघाटमा जुटेका हुन् । उम्मेदवारहरु आ–आफ्ना प्रतिबद्धताहरु गर्दै मतदाताको घरदैलोमा पुगेका छन् ।
समावेशीबाट अब्दुल वाहिद मन्सुरी (चुन्ना) र साझा प्रजातान्त्रिकबाट ललित रौनियारले नेतृत्व गरेका छन् ।


विगतमा तीन प्यानल बन्ने संघको निर्वाचनमा यसपाली दुई वटा प्यानल बनेको छ । तीन हजार मतदाता रहेको संघको चुनावी सरगर्मी एक महिना अघिदेखि नै लागेको छ । उम्मेदवारहरु व्यवसायिक हकहितका मुद्दालाई अघि सारेर घरदैलोमा निस्केका छन् ।
रौनियारले नेतृत्व गरेको साझा प्रजातान्त्रिक समूहकोे तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार रहेका छन् । सदस्य पदमा अजयकुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोषकुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्रराज श्रेष्ठ, सुरेन्द्र सिंह सरदार उम्मेदवार रहेका छन् ।


मन्सुरीले नेतृत्व गरेको समावेशी प्यानलको उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ र उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् । सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !