पादका कारण लामखुट्टे मरेपछि…

नेपालगञ्ज (एजेन्सी) – एक व्यक्तिको विषाक्तका पादका कारण लामखुट्टे मरेका छन् । यो सत्य घटना हो । ती व्यक्तिको पादको विषाक्तका कारण लामखुट्टे मरेपछि वैज्ञानिकहरुले पादमा पाइएको रसायनबारे अनुसन्धान सुरु गरेका छन् ।
ती व्यक्तिले पादेपछि त्यसको असर ६ मिटरसम्म फैलिने गरेको छ । पादको विषाक्त फैलिएको ठाउँमा लामखुट्टेलगायत विभिन्न स–साना किराहरु मर्ने गरेका छन् । द मिररकाअनुसार यी व्यक्तिले आफ्नो पादका कारण लामो समयदेखि स–साना किराहरु मर्ने गरेका बताएका छन् ।
अफ्रिकाको युगाण्डाका ४८ वर्षीय वामिरामाको पादले लामखुट्टे मरेको हो । पादले लामखुट्टे मरेपछि एक कम्पनीले उनलाई एक कोठामा राखेर पाद संकलन गरेको छ ।
उनी जागिरेका रुपमा कोठामा जाने र पाद्ने गर्छन् । कम्पनीले पादबाट नयाँ किटनाषक औषधि बनाउने विषयमा अध्ययन गरिरहेको छ । अरु केही वैज्ञानिकलेसमेत पादको अध्ययनका लागि रकम दिएर उनको पाद लगेर गएका छन् ।
पादका कारण युगाण्डाका यी व्यक्तिले आफ्नो गाउँलाई मलेरिया मुक्त बनाइसकेका छन् । पादमा पाइएको विषाक्त ग्यासका कारण आफ्नो गाउँ मलेरियाबाट मुक्त भएको स्थानीयले बताएका छन् ।
यी व्यक्तिले सामान्य खानेकुरा खाने गरेको बताएका छन् । दैनिक नुहाउने उनी जहाँ गएर पाद्ने काम गर्छन्, त्यहाँका लामखुट्टे मर्ने गरेको स्थानीयले बताएका छन् ।
स्थानीय नागरिकले लामखुट्टेको समस्या भएमा उनलाई आफ्नो घरमा बोलाउने गरेका छन् । यी व्यक्तिले पादेको लामो समयसम्म पनि लामखुट्टे उक्त ठाउँमासमेत नजाने गरेको स्थानीयको भनाइ छ ।


error: यो सुविधा उपलब्ध छैन !