हिम मानवको रहस्य
अप्रिल ९, २०१९ मा नेपालको मकालु वरुण बेस क्याम्प क्षेत्रमा हिम मानव ‘यती’को पदचाप (पैतलाको छाप) देखिएको तस्विर भारतीय सेनाको अफिसियल ट्विटरमा सार्वजनिक भएको विषयले अहिले विश्वभरीका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा बटुलेको छ ।
तर, नेपाल सरकारको आधिकारिक धारणा बुझ्न सकिएको छैन । भारतीय सेनाले सार्वजनिक गरेको उक्त तस्विरबारे नेपाल सरकारको औपचारिक धारणा के छ ? यो एउटा विषय भयो ।
हिम मानव, ‘यती’ आखिर यो के हो ? यस्तो कुनै जीव छ वा यो कुनै काल्पनिक कुरा हो ? यस्ता धेरै कौतुहलता उत्पन्न हुन्छन् ।
‘यती’ को अर्थका विषयमा पनि फरक फरक अर्थ लाग्ने कुराहरु हामीले पाउन सक्छौं । यसलाई खासगरी तिब्बती भाषाबाट आएको भनिन्छ । तिब्बती भाषा हाम्रो उत्तरी भेगमा बस्ने शेर्पा समूदायसँग जोडिएर आउँछ ।
यदि नेपाली शब्द कोषमा हेर्ने हो भने छन्दमा स्वास लिन रुकिने ठाउँलाई यती भन्ने गरिन्छ । त्यसैगरी हिमालमा रहने मनुष्यको जस्तै आकारको मानिएको एक प्रसिद्ध प्राणी हिम मानव वा वन झाँक्री भन्ने पनि अर्थ लाग्छ ।
शेर्पा समूदायमा प्रयोग हुने येह र तहको रुप नै यती भन्ने पनि पाइन्छ । त्यसो हो भने यहको अर्थ चट्टान र तहको अर्थ जीव भन्ने बुझाउँछ ।
घृणीत मानव भनेर पनि यतीको विषयमा केही अध्ययन अनुसन्धान भएका छन् ।
यतीका पद चाप अथवा पाइला देखिएको र त्यसलाई नाप गर्दा ३२ बाई १५ इन्च सम्मको पाइएकाले यती १० फिट भन्दा अग्ला र २ सय ५० किलोग्राम भन्दा बढी तौलका हुन सक्ने अनुमान गरींदै आइएको छ । नेपाली शेर्पा समूदायले यो जीव अँध्यारोमा मात्रै निस्कने गरेको विश्वास गर्छन् । त्यसैले आजसम्म प्रत्यक्ष कसैले देखेको प्रमाण नै भेटिएका छैन । केवल दावी भइआएका छन् । वैदिक सनातन हिन्दू धर्मका केही प्रर्वतकले यी पाइलाहरु अस्वस्थामा ऋषीको हुन सक्ने बताउँछन् । अष्ट चिरिञ्जीवि मध्ये अस्वस्थामा पनि एक हुन् । जो अहिलेसम्म जीवित छन् भन्ने पौराणीक मान्यता छ ।
भारतीय सेनाले सार्वजनिक गरेको तस्विरका विषयमा भारतीय सञ्चारमाध्यममा प्रमुखताका साथ कभरेज भएको छ । त्यसैगरी पिपुल्स डेली चाइना लगायतका विश्वभरीका सञ्चार माध्यममा समाचार आइरहेका छन् ।
डेली मेल मा सन् २०१६ मा प्रकाशित एक रिर्पोटले भुटानमा पनि यस्तै तस्विर भेटीएको देखाएको थियो । उक्त रिर्पोटलाई आधार मान्ने हो भने त्यो तस्विर माथि बैज्ञानीकहरुले अनुसन्धान गर्दा कुनै पनि जनावरको नभएको तथ्य बाहिर आएको थियो । भुटानमा देखिएको भनेको उक्त तस्विर स्टिभ डेरी नाम गरेका एक ब्यक्तिले लिएका थिए ।
सन् १९५१ मा सगरमाथा चढ्न हिंडेका एरिक सिप्टेनले समून्द्रि सतशबाट करिव ६ हजारको उचाइमा पुग्दा यस्तै खाले पदचाप भएको देखेका थिए । विश्व भरीमा यो नेपाल तिब्बत र यही क्षेत्रको हिमालमा रहने विश्वास गरिन्छ ।
एभरेष्ट रिकन्सिन्सन एक्सपिडीसनको अभियानमा आएका चाल्र्स हर्वड वरीले १९२१ मा माउण्ट एभरेष्ट द रिकन्सिसि पुस्तकमा ६ हजार ४ सय मिटरको ‘लक्पा ला’ क्षेत्र यात्रा गर्दा यस्तै पदचिन्ह भेटीएको विषयमा रोचकताका साथ लेखेका छन् । एक अर्का लेखक हेनरी न्युमनले द स्टेटमेन कालागी ‘यती’ का विषयमा लामो समय लेखेका छन् । त्यसैगरी द टाइम्स बिल टिलमेनले पनि यही विषयमा लेखेका छन् ।
सन् १८३२ मा जेम्स प्रिन्सेपको जर्नल अफ द एशियाटिक सोसाइटीमा प्रकाशित लेखमा लेखक विएच हजसनले नेपालको उत्तरी बेल्टको हिमालय क्षेत्रमा हिम मानवको पद चिन्ह देखेको उल्लेख गरेका छन् । यतीको पदचिन्हको तस्विरका बारेमा लरेन्स वाडेलको पुस्तक अमगं द हिमालयज १८८९ उल्लेख गरेको पाइन्छ ।
२१ औं शताब्दीमा सन् १९२५ मा फोटोग्राफर एनए टोम्बजीले जम्मु ग्लेशिएर नजिक आफुले यस्तो जनतु देखेको दावी गरेका थिए । सन् १९५३ मा सगरमाथा आरोहण गर्दा सर एडमण्ट हिलारी र तेन्जिगं नोर्गे शेर्पाले पनि यस्ता पदचिन्ह देखेको तेन्जिगंले आफ्नो बायोग्राफीमा लेखेका छन् । उनले त आफ्ना बाबुले यस्ता यतीलाई दुई पटक भेटेको सम्म दावी गरेका छन् ।
सन् १९५४ मार्च १९मा डेली मेलमा स्नोमेन एक्सपीडीसन अभियानका एक अभियन्ता जोन एंजेलो ज्याक्सलने कञ्चनजंघा आसपासमा यस्तै पदचिन्ह देखेको बताएका छन् । त्यसैगरी द लग वाल्क १९५६ मा प्रकाशित पुस्तकमा स्लावोमीर रविक्जले आफुले सन् १९४० मा हिमालय क्षेत्रमा पद यात्रा गर्दा यस्तै एक जीवले आफ्नो यात्रामा अवरोध पु¥याएको उल्लेख गरेका छन् ।
टेली टम स्लिक जो एक अमेरीकी धनाड्य हुन् । उनको लगानीमा सन् १९५७ देखि हिम मानव सम्बन्धी सूचनालाई अध्ययन गर्न केही यन्त्रको आविष्कार गर्ने अभियान थाले र १९५९मा केही यन्त्र आविष्कार गरेका थिए । त्यसकै आधारमा क्रिप्टोलोजिष्ट वर्नाड ह्वीलमेन्सले एक अज्ञात जनावर भएको निष्कर्ष निकालेका थिए ।
सन् १९७० मा ब्रिटीस पर्वतारोही डन ह्विलंसले पनि अन्नपूर्ण हिमालयको यात्राका दौरान यस्तै एक जीवलाई देखेको र उसको आवाज पनि सुनेको बताएका थिए ।
माइ क्वेष्ट फर द यती नामक पुस्तकमा सन् १९८६मा आफुले यतीसँग साक्षत्कार भएको उल्लेख गरेका छन् ।
यती एक छल विषयमा आधारीत चलचित्र स्नो वाल्कर सन् १९९६ अप्रीलमा प्रदर्शनमा आएको थियो ।
सने २००४ मा विश्वसनीय जोर्नल नेचर का सम्पादक हेनरी गीले किवंदन्तीका रुपमा बताइने यतीका विषयमा गहन अध्ययन आवश्यक भएको उल्लेख गरेका छन् ।
सन् २००७ मा अमेरीकी टेलिभिजन कार्यक्रम प्रस्तोता जोशुवा गेट्सको एभरेष्ट यात्रा डेस्टिनेसन ट्रथ यतीको पद चिन्ह खोज्ने कार्यक्रम बनाएको थियो ।
यती विषयमा बनेका चलचित्र द स्नो क्रियचर १९५४, मन्सर्टस इकं २००१, चर्चित छन् । त्यसैगरी अमेरीकी ब्याण्ड हाइ एण्ड फायरले आफ्नो दोश्रो एलबम सराउण्डेड बाइ थिब्समा द यती… गीत समावेस गरेको छ ।
भारतीय सेनाले हालै मात्र सार्वजनिक गरेको उक्त हिम मानव वा यतीका विषयमा भारतीय मानवशास्त्री एके कपुर हिम मानवका विषयमा गहिरो अध्ययन हुनु पर्ने धारणा राख्दछन् ।