एकै परिवारको चार जनाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा कार्यालय सहयोगीको रुपमा कार्यरत धमप्रसाद भट्टराईको चार जना परिवारको अस्पतालको क्वाटरमै मृत्यु भएको हो । मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, तीन महिनाको छोरा इसन, आमा कोपिला र दिदी नन्दाकली रहेका छन् । श्रीमती सुशीला, तीन वर्षको छोरा दिवस र भाई नरेन्द्र घाइते रहेका छन् । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा भट्टराई परिवारको निस्सासिएर मृत्यु भएको देखिन्छ । टीनको डब्बामा कोइला बालेर सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको आकलन गरिएको छ । अस्पतालमा कार्यरत भट्टराईका परिवार क्वाटरमै सुतेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !