बागेश्वरीमा पूजा गरेर गाउँपालिकाका अध्यक्षले लगाए ‘मीत’
नेपालगञ्ज – बाँके डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी र व्यवसायी कालीकोट निवासी प्रेमबहादुुर महतराले विशेष पूजा गरेर मीत लगाएका छन् ।
नेपालगञ्ज बागेश्वरी मन्दिरमा दुबै जनाले पूजा गरेर मीत लगाएका हुन् । शुभकालिका–८, कालीकोटका ५६ वर्षिय महतराले भन्नुभयो, म चौधरीजीलाई करिब १५ वर्षदेखि चिन्छु, धेरै पटक भेटघाट भएको छ, चौधरीबाट म प्रभावित भएर सम्वन्धको नाता जोडेको छु ।’ उहाँले साथीको नाता निस्वार्थ भावनाबाट उत्प्रेरित भएर नाता गाँसेको बताउनुभयो ।
नरेन्द्र कुमार चौधरीले आफुलाई पहिलो पटक साथीको प्रस्ताव आएपछि सहज रुपमा स्वीकार गरेको बताउनुभयो । मीत जोडिएका दुबै जनाले साथीको नाता जीवन्त बनाउने प्रतिबद्धता गरेका छन् ।
पहिला–पहिला मीत लगाउने प्रचलन व्यापक थियो । यो नयाँ नाता गाँस्ने चलन विस्तारै हराएको गएको बेलामा चौधरी र महतराले जीवन्त बनाउने प्रयास गरेका छन् । चौधरी र महतराको मीत लगाउने कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।