८१ जनाको परीक्षण गर्दा नौ जनामा कोरोना
नेपालगञ्ज – बाँकेमा शुक्रबार नौ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाको तीन वटा ल्याबमा ८१ जनाको परीक्षण गर्दा नौ जनामा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा ३२ जनाको कोरोना परीक्षण गर्दा पाँच जना र कोहलपुर मेडिकल कलेजमा ३८ जनाको परीक्षण गर्दा चार जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा ११ जनाको परीक्षण गरिएकोमा कोहीलाई पनि कोरोना देखिएन ।
कोरोना पुष्टि भएका नौ जनामा बाँके जिल्ला निवासी चार जना रहेका छन् । जिल्लामा शुक्रबार आठ जना डिस्चार्ज भएका छन् ।