जंगली जनावरलाई थापेको पासोमा परेर एकै घरका तीन जनाको मृत्यु
नेपालगञ्ज – जंगली जनावरलाई थापेको पासोमा परेर बर्दियामा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका एसपी ईश्वर कार्कीका अनुसार, ठाकुरबाबा–३, गोदानामा बँदेललाई थापेको पासोमा परेर बालकृष्ण थारु, उनकी श्रीमती सुनिता थारु र भाउजु बेलमति थारुको मृत्यु भएको हो ।
राती दश बजेतिर धान खेतमा पुगेका उनीहरु जंगली जनावरलाई थापेको विद्युतीय पासोमा परेका थिए । गोदाना आसपासमा केही दिनदेखि बँदेल र हात्तीले धानखेतमा क्षति पु¥याइरहेको थियो । जंगल जनावरबाट धानलाई बचाउन धानखेत वरिपरि करेन्टको पासो लगाइएको थियो । एसपी कार्कीले पासो थापेको आरोपमा राजबहादुर शाहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिनुभयो ।