कटान पीडितलाई १५ हजार राहत
नेपालगञ्ज – बाँकेको डुडुवा–२, कधैपुरुवाका कटान पीडित परिवारलाई नगद राहत दिइएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति, बाँकेले कधैपुरुवाका कटान पीडित तीन परिवारलाई १५ हजारका दरले राहत दिएको हो ।
भदौ ११ गते डुडुवा नालाले कटान गर्दा विस्थापित भएका ओमकार लोनिया, सुन्दर लोनिया र रामवहुरी लोनियालाई १५÷१५ हजार रुपैया राहत दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष शिवराम गेलालले सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा राहत उपलब्ध गराउनुभयो ।
डुडुवा खोलाले तीब्ररुपमा कटान गरिरहेको कधैपुरुवामा छिट्टै नेपाली सेनाले अस्थायी तटबन्ध बनाइदिने बताइएको छ ।