बाँकेमा ३७ जना कोरोना संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तीन वटा ल्याबमा एक सय ९५ जनाको परीक्षण गर्दा ३७ जनामा कोरोना देखिएको हो । कोरोना देखिएकामध्ये १९ जना बाँके जिल्ला निवासी रहेका छन् ।
भेरी अस्पतालमा एक सय ४१ जनाको परीक्षण गर्दा ३२ जना, कोहलपुर मेडिकल कलेजमा ३६ जनामा ४ जना र बागेश्वरी ल्याबमा १८ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ ।
बाँकेमा एक सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । अस्पतालमा १७ जना सिकिस्त, २६ जना मध्यम र ६ जना भेन्टिलेटरमा रहेका छन् । आइतबार ५ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !