खुकुलो बनाउदै थपियो निषेधाज्ञा

नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले निषेधाज्ञालाई असार १४ गतेसम्म लम्ब्याएको छ । प्रशासनले बैशाख १३ गतेदेखि सात-सात दिन बढाउदै आएको छ ।
पछिल्लो समयमा निषेधाज्ञालाई खुकुलो बनाउदै लगिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विहान ९ देखि चार बजेसम्म पसल व्यवसाय सञ्चालन गर्न सकिने बताए । शुरुमा सातदेखि नौ बजेसम्म कायम गरिएको खाद्यान्न पसल सञ्चालनको अवधि अपरान्ह चार बजेसम्म पुगेको छ ।
जिल्लाम अझै कोरोनाको जोखिम रहेकाले र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि १४ गतेसम्म निषेधाज्ञालाई बढाइएको छ ।
बाँकेमा बैशाख १३ गतेदेखि नै निषेधाज्ञा लगाइएको छ । त्यसअघि नेपालगञ्ज एरियामा बैशाख ९ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । बाँकेमा संक्रमण दर न्यून भइसकेकाले निषेधाज्ञाको औचित्य नरहेको आवाज उठिरहेको बेलामा स्थानीय प्रशासनले १४ गतेसम्म निषेधाज्ञालाई बढाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !