राप्तीसोनारीले वडामा बजेट सिलिङ पठाएपछि धमाधम योजना छनौट

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकामा यतिबेला योजना छनौटको काम धमाधम भइरहेको छ । गाउँपालिकाले वडाहरुलाई बजेटको सिलिङ पठाएपछि त्यसमा टेकेर वडाहरुले योजना छनौटको काम गरिरहेका छन् ।
पालिकाको असार १० गते गाउँ सभा हुँदैछ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुका अनुसार, वडाहरुलाई एक करोड ७५ लाखदेखि दुई करोड रुपैयासम्मको सिलिङ पठाइएको छ । वडा नं. १ र २ मा दुई-दुई करोड, ५ र ७ नम्बर वडामा एक करोड ८० लाख, ३, ४, ६, ८ र ९ नम्बर वडामा एक करोड ७५ लाखको सिलिङ पठाइएको छ ।
पालिकाले वडामा १५ करोड ३५ लाखको बजेट सिलिङ पठाएको हो । गाउँपालिकाले दश गते बस्ने गाउँ सभाबाट ७० करोड बढीको बजेट ल्याउन थालेको छ । पालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्ने जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !