किसानलाई मोटर

खजुरा – खजुरा गाउँपालिकाले लघु उद्यम कार्यक्रम अन्तर्गत १८ जना किसानलाई मोटर वितरण गरेको छ । गाउँपालिकाको ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा मोटर प्रदान गरिएको हो । करीब १७ हजार लागत रहेको १ दशमलव ५ हर्ष पावर मोटर २ इन्च पानी फाल्ने बताइएको छ ।
मोटर हस्तान्तरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले कृषिमार्फत रोजगारी शृजना गर्ने उद्देश्यले किसानलाई कृषि सामाग्री वितरण गर्दै आएको बताउनुभयो।
उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कार्यपालिका सदस्य भागीरथ सुनार, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दिलबहादुर पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, मन्जु खनाल लगायतको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !