भोजभगवानपुरमा प्रहरी भवन शिलान्यास
नेपालगञ्ज – बाँकेको नरैनापुरमा प्रहरी भवनको शिलान्यास गरिएको छ ।
नरैनापुरको मटेहियामा भोजभगवानपुर इलाका प्रहरी कार्यालय बनाउन शिलान्यास गरिएको हो ।
नरैनापुरको सुरक्षा हेर्ने इप्रका भोजभगवानपुरमा तीन करोडको लागतमा तीन तले भवन बनाउन शुरु गरिएको इप्रकाका इन्चार्ज बसन्त गौतमले जानकारी दिनुभयो । प्रहरीले १२ कठ्ठा ११ धुर जग्गा आफू मातहत ल्याएपछि भवनको शिलान्यास गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, एसपी ओमबहादुर रानाले विधिवत रुपमा भवनको शिलान्यास गर्नुभयो ।
कार्यक्रममा सांसद महेश्वर गहतराज, प्रदेश सांसद कृष्णा केसी, अनुसन्धानका एसपी नरेन्द्र गिरीलगायतको उपस्थिति थियो ।