एक सय दुई जनाको जाँच्दा १६ जनामा कोरोना
नेपालगञ्ज – बाँकेमा शनिबार एक सय दुई जनाको परीक्षण गर्दा १६ जनालाई कोरोना देखिएको छ । त्यसमा बाँकेका दश जना रहेका छन् ।
भेरी अस्पतालमा ५९ जनामा ५ जना, कोहलपुर मेडिकल कलेजमा २५ जनामा दश जना र बागेश्वरी ल्याबमा १८ जनाको परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको छ ।
बाँकेमा सक्रिय संक्रमित ९५ जना रहेका छन् । अस्पताल तथा आइसोलेसन सेन्टरमा ७४ जना रहेका छन् । जिल्लामा २९ जना सिकिस्त, ४५ जना मध्यम र ५ जना भेन्टिलेटरमा रहेका छन् । शनिबार आठ जना डिस्चार्ज भएका छन् ।