रातभरीमा आठ जनाको मृत्यु
नेपालगञ्ज – बाँकेमा रातभरीमा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आठ जनामा तीन जना बाँकेका रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० का ५७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख १९ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो । कैलाली जानकी गाउँपालिका वडा नं. ९ का ७४ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो ।
बर्दिया बाँसगढी नगरपालिका वडा नं. ५ का ७५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ १० गते पीसीआर गरिएका उनलाई ११ गते भर्ना गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० का ५५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ ५ गते पीसीआर गरिएका उनलाई ६ गते भर्ना गरिएको थियो ।
कञ्चनपुर पुनर्बास नगरपालिका वडा नं. ६ का ४७ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो । दाङ घोराही उपमहानगरपालिका वडा नं. ३ का ५६ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ७ गते पीसीआर गरिएका उनलाई ११ गते भर्ना गरिएको थियो ।
बर्दिया गुलरिया नगरपालिका वडा नं. ५ का ८० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ १२ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का ७३ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २७ गते भर्ना गरिएका उनको २८ गते पीसीआर गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट २ सय ८५ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउदा २ सय ६४ जनाको मृत्यु भएको छ ।