माइती नेपालद्वारा राहत वितरण

नेपालगञ्ज – माइती नेपालले बाँकेमा समस्यामा परेका परिवारलाई खाद्यान्न बितरण शुरु गरेको छ । निषेधाज्ञाका कारण नेपालगञ्जमा रहेका र समस्यामा परेका परिवारलाई लक्षित गर्दै खाद्यान्न बितरण शुरु गरिएकोे हो ।
उपमहानगरपालिका स्तरीय संरक्षण बिषयगत क्षेत्र समन्वय समितिको सहकार्यमा आर्थिक तथा विपन्न वर्गको परिवार ज्येष्ठ नागरिक, अपांङ्गता, मनोरञ्जन क्षेत्रमा काम गर्ने र दैनिक ज्यालादारी मजदुरी गर्ने नेपालगञ्जका बिभिन्न टोलहरुमा रहेका व्यक्तिलाई खाद्यान्न सहयोग बितरण गरिएको छ ।
माइती नेपालले पहिलो चरणमा २० जनालाई लक्षित गरेर खाद्यान्न बितरण शुरु गरेको छ । ‘ज्याला मजदुरी गरेर खाने परिवार र भाडामा बस्ने त्यस्ता परिवारलाई लक्षित गरी हामीले थोरै राहत होस् भनेर खाद्यान्न बितरण शुरु गरेका छौं,’ माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले भन्नुभयो ।
लामो निषेधाज्ञाले दैनिक मजदुरी गर्ने परिवार अहिले समस्यामा पर्न थालिसके, उहाँले भन्नुभयो, त्यस्तालाई हामीले सहयोग गछौं ।’
माइती नेपालले गतवर्ष विपन्नलाई खाना वितरण गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !