आमाको नाममा वाटर प्यूरीफाई मेसिन सहयोग

नेपालगञ्ज – लायन्स क्लव अफ सिटी एमजेएफ लायन्स सञ्जय जैनले भेरी अस्पताल हाताभित्र शुद्ध खानेपानी उपलब्ध गराउन सहयोग गर्नु भएको छ ।
जैनले बुधबार करिव १ लाख ८० हजार रकम मूल्य बराबरको वाटर प्यूरीफाई मेसिन जडान गराई सहयोग गर्नुभएको हो । अञ्जनी माता रसोई भान्सा घरमा खाना खाने सर्वसाधारणलाई पिउने पानीको समस्या देखिएपछि तातो चिसो पानी पिउने ब्यवस्था गरिएको हो ।
महामारीमा अस्पतालमा स्वास्थ्य उपचार गराउन भेरी अस्पताल हाताभित्र पुग्नेहरुलाई समेत स्वच्छ पानी पिउन पाउन् भन्ने उद्देश्यले जैन परिवारले आमा स्व.सावित्रीदेवी जैनको सम्झनामा बुधबार अस्पतालका मेसु डा.प्रकाश थापाको उपस्थितिमा प्युरिफाई मसिन हस्तान्तरण गरेका हुन् ।
यस क्षेत्रमा जडीबुटी ब्यवसाय गरिरहेका जैन परिवारले कोरोना महामारीमा समेत सामाजिक कार्यमा निरन्तर सहयोग गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !