रुपैडिहा जान रोक !

नेपालगञ्ज – जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले विविध निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकाहरुमा आइसोलेसन सेन्टर सञ्चालन गराउने, मेडिकल कलेज, कोहलपुरमा कोभिड वार्ड सञ्चालन गर्ने, बाहिर निस्किदा मास्क नलगाउनेलाई कारबाही गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
सीमावर्ती भारतीय शहरमा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको हो ।
नेपालगञ्जको भेरी अस्पताल कोरोना संक्रमितले भरिएका छन् । बाँकेका अलावा छिमेकी जिल्लाका बिरामी भेरीमै आउँछन् । बाहिरी जिल्लाबाट आउने बिरामीका कारण भेरीलाई अझ बढी आर्थिक बोझ थपिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले बाहिरी जिल्लाबाट आउने कोरोना संक्रमितको व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसँग सहयोग माग्ने निर्णय भएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !