भारतबाट आएका संक्रमितको मृत्यु

नेपालगञ्ज – भारतबाट आएका कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, सुर्खेत गुर्भाकोटका ३१ वर्षीय पुरुषको नेपालगञ्जमा विहान मृत्यु भएको हो । उनी एक हप्ताअघि भारतबाट आएका थिए । स्वास्थ्यमा समस्या आएपछि चैत्र ३१ गते नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो । त्यहाँ पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको आज विहान ७.३५ बजे भेरीमै मृत्यु भयो । मृतकलाई कुनै दीर्घरोग नभएको बुझिएको छ ।
बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ९३ जना पुगेको छ ।
यसैबीच, मेडिकल कलेजमा गरिएको परीक्षणमा ४५ जनालाई कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोना संक्रमण बढेपछि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !