भेरीमा एक सय २७ जना थपिए
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले गरेको परीक्षणमा एक सय २७ जना कोरोना संक्रमित थपिएका छन् ।
अस्पतालले पछिल्लो चौविस घण्टामा जाँच गरेको एक सय ८३ जनामध्येमा एक सय २७ जनालाई कोरोना पुष्टि भएको हो ।
अस्पतालका अनुसार, एकै दिन यतिधेरै कोरोना पुष्टि भएको पहिलो घटना हो । परीक्षण गरेकोमध्ये ६९.४ प्रतिशतलाई कोरोना पुष्टि भएपछि संक्रमण समुदायमा फैलिएको आशंका गरिएको छ ।
भेरीले बैशाख १ गते एक सय २३ जनालाई जाँच गर्दा ७५ जना पोजिटिभ देखिएका थिए । यो त्यो दिनको परीक्षणको ६१ प्रतिशत थियो ।
यता, मेडिकल कलेजले हिजो ७५ जनाको जाँच गरेकोमा सबैलाई पोजिटिभ भएको थियो । दैनिक नै विरामी संख्या धेरै देखिएपछि भेरी अस्पतालमा राख्ने ठाउँको अभाव भएको छ ।