खजुरा सहकारीमा खनाल

नेपालगञ्ज – खजुरा सहकारी लिमिटेडमा निर्मल खनाल विजयी हुनु भएको छ ।
विहान सकिएको मत गणनामा खनालले तीन जना प्रतिस्पर्धीलाई उछिन्नु भयो । खनालले एक सय ४९ मत ल्याउदा प्रतिस्पर्धी केदार गिरीले एक सय २२, घनश्याम निरौलाले ८८ र दिपबहादुर रानाले ७४ मत ल्याउनुभयो ।
उपाध्यक्षमा सत्य थापामगर एक सय ६५ मत ल्याएर विजयी हुनुभयो । प्रतिस्पर्धी नरबहादुर खड्काले एक सय २४ र प्रेमाकुमारी रानाले ८० मत ल्याउनुभयो । सञ्चालक समितिको सदस्यमा एक्केबहादुर खत्री, चन्द्रबहादुर रजाली, अर्जुनसिंह थापा, ऋषिराम वली र बसुन्धरादेवी प्याकुरेल विजयी हुनुभयो । लेखासमिति संयोजकमा होमबहादुर रेग्मी, लेखा सदस्यमा नन्दलाल खत्री र यज्ञ बुढामगर र जिल्ला प्रतिनिधिमा महेन्द्र मल्ल विजयी हुनु भएको छ ।
खजुरा क्षेत्रको पुरानोमध्येको सहकारीमा नेकपाका दुई गुट, कांग्रेसका दुई गुटले प्रतिस्पर्धा गरेका थिए । नेकपा केपी ओली पक्षले बाजी मारेको छ ।


error: यो सुविधा उपलब्ध छैन !