पार्कीलाई आशिर्वाद पेन्टस दियो, २५ हजार

नेपालगञ्ज – नेपाली भूमिमा भएको प्रतियोगितामा नयाँ रेकर्ड बनाएका सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीलाई धारा छैठौ नेपालगञ्ज म्याराथनका सहप्रायोजक आशिर्वाद पेन्टस २५ हजार रुपैया प्रदान गरेको छ ।
आशिर्वाद पेन्टस किरण कार्कीले पार्कीलाई एक समारोहका बीचमा २५ हजार रुपैया नगद हस्तान्तरण गर्नुभयो । कार्कीले ओलम्पिकमा नयाँ रेकर्ड कायम गरेमा ५० हजार रुपैया दिने घोषणा गर्नु भएको छ ।


क्रियटिभ ह्याण्ड्सको कार्यालयमा पार्कीलाई २५ हजार हस्तान्तरण गर्दै कार्कीले ओलम्पिकमा नयाँ रेकर्ड कायम गरेर आएमा काठमाडौंमा गएर ५० हजार रुपैया दिने बताउनुभयो ।
दुई घण्टा १८ मिनेट ५९ सेकेन्डमा म्याराथन पूरा गरेर नेपाली भूमिमा भएको प्रतियोगितामा नयाँ रेकर्ड बनाएका पार्कीले ओलम्पिकमा नयाँ रेकर्ड गराउने दावी गर्नुभयो ।


सो अवसरमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले पार्कीलाई क्रियटिभ बुक्सले प्रकाशन गरेको दुई वटा पुस्तक ओलम्पियन र कप्तान १९९८ प्रदान गर्नु भएको छ । आशिर्वाद पेन्टसका कार्कीलाई समेत कप्तान १९९८ प्रदान गरिएको छ । क्रियटिभ बुक्सका अध्यक्ष ठकुरी र पुस्तकका सम्पादक जनक नेपालले कार्कीलाई पुस्तक प्रदान गर्नुभयो । कप्तान १९९८ सन् १९९८ मा नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान भएका बाँके कोहलपुरका एलबी क्षेत्रीका बारेमा लेखिएको पुस्तक हो । पुस्तकको सहलेखन कुमार श्रेष्ठले गर्नु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !